माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषाल सरकारमा जाने

काठमाडौं : नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुषाललाई सरकारमा पठाउने भएको छ। शर्माले अर्थ तथा भुषालले उर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने मा‌ओवादी केन्द्र स्राेतले जनाएकाे छ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनीहरुले पनि सपथ लिने तयारी भइरहेको छ। अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। 

सम्बन्धित सामग्री

माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल र शिक्षामन्त्री देवेन्द्र पौडेल अहिले खुमलटारमा छन् । उनीहरु अध्यक्ष दाहाललाई बधाई दिन खुमलटार पुगेको बताईएको छ […]

माओवादी केन्द्रभित्र महासचिवको रस्साकस्सी

माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो । महासचिवमा ६ जनाले दाबी गरिरहेका छन् । कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुषाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका दावेदार हुन् ।

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण परिषदको बैठक

सिंहदरबारमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय  परिषदको   बैठक सुरु भएको छ । प्रधानमन्त्री  शेरबहादुर  देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिईने

काठमाडौं, ११ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने बुझिएको छ । बैठक पौने पाँच बजेबाट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री पम्फा भुषाल, मुख्य सचिव शंकरदार बैरागी उपस्थित् […]

प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद्को बैठक जारी, अध्यादेश आउँदै

काठमाडौं, भदौ १ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठक ११ः २० बजेदेखि सुरु भएको हो । उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल ,मुख्य सचीव शंकरदास बैरागी लगायत ६ जनाको उपस्थिति रहेको छ। आजको बैठकमा पछिल्लो राजनैतिक […]

कोभिड- १९ निर्देशक समितिको बैठक सम्पन्न

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा कोभिड- १९ निर्देशक समितिको बैठक बसेको छ । शुक्रवार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो सवा ४ बजेदेखि करिब ६ बजेसम्म बैठक बसेको थियो ।  बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए । यस्तै बैठकमा नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रधानमन्त्री कार्यालयका...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ - बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । आजकै बैठकले प्रदेश प्रमुखहरू तोक्ने तयारी छ ।

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीको नाम छान्नकोलागि छलफल अघि बढाएको छ । अहिले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि माओवादी केन्द्रबाट पम्फा भुषाल र जनार्दन शर्मा सरकारमा सहभागी भएका छन् । अब सरकारमा नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा आजको […]

माओवादी केन्द्रबाट शर्मा र भुषाल मन्त्री बन्ने पक्का

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्ने भएका छन् । आज विहान बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । दाहालले शर्मा र भुषाललाई मन्त्री बनाउने निर्णय गरेका हुन् । यद्धपी उनीहरुलाई कुन कुन मन्त्रालय दिईन लागिएको हो भनेर यकिन भएको […]