महासचिवको नाम कोटको खल्तीमा राखेर प्रचण्ड तीन कार्यक्रममा, शनिबार कसको खुल्ला भाग्य ?
बिहीबार पार्टी महासचिवमा देवप्रसाद गुरुङको नाममा सहमति जुटेको बताइएको थियो तर शुक्रबार बिहान वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुषाल, शक्ति बस्नेत र गिरिराजमणी पोखरेलले पनि दाबी गरेपछि गुरुङलाई पनि अप्ठेरो परेको छ ।
पार्टी राजनीतिमा जस्तै सरकारको मोर्चामा पनि प्रचण्डका संकट टरिसकेका छैनन् । राष्ट्रपति हात पारेसँगै अब कांग्रेसले प्रचण्डसँग विस्तारै निहुँ खोज्न थाल्यो भने कुनै आश्चर्य नमाने हुन्छ । किनकि प्रचण्ड सरकारको हत्केलामा कोरिएको बाहृय-भाग्यरेखा नै निकै छोटो छ ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपालीको भाग्य बदलिने दाबी गरेका छन्।अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन्।उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेकोमा आफू गम्भीर रहेको बताए। अब जनताको अवस्था बदलिने र घर आँगनमा खुशीयाली ल्याउने प्रतिबद्धता जनाए। उनले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको बताएका छन् ।
मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’सहितलाई पार्टीमा स्वागत गदै उनले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य–भविष्यका...
नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर टसल गर्न आए उनका लागि वियोगान्त हुने बताएका छन् ।
राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्ने उनको भनाइ छ ।
प्रेस संगठन प्रदेश २ को भेलालाई आइतवार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले अब बस्ने प्रतिनिधि सभाले ओलीमाथि कारवाही गर्ने दाबी गरे ।
‘तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर प्रतिनिधि सभाले आफ्नो मृत्यु पत्रमा सही गर्ने छैन । आफ्नो मलामी आफैँ जाने घ...