अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालिबानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र ग