आपतकालीन उद्धारका लागि बैतडीमा १२ हेलिप्याड

बैतडी : आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।  विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो। ‘विपद् बेला आपतकालीन रूपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ’, उनले भने।मनसुन आपतकालीन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक ग