म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियानमा लागेका छन्। प्रशस्त प्राकृतिक र पर्यटकीय सम्भावना रहेको बगरफाँट गाउँलाई पर्यटन मार्फत चिनाउने अभियानमा बगरफाँट रिभरसाइड युवा क्लब लागेको सचिव सचिन कार्कीले बताए।यहाँ पानी उड्ने उडाइनो छहरा ,आन्तरिक पर्यटकले खचाखच हुने कोप्रे झरना, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टान माथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शि