सोमबार दिउँसो राष्ट्रिय सभामा चहलपहल थियो। दौरा सुरुवाल र टोपीमा ठाँटिएका पुरुषसँगै टाउकोमा ढाका टोपी पहिरिएका महिलामध्ये कोही फोटो खिचिरहेका थिए, कोही सेल्फी। सर्वसाधारणमात्र होइन, नेतादेखि सँस्कृतिविद्सम्म राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए। श्रद्धावान नेपालले प्रस्तावित राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका संस्कृतिविद् सत्यमोहन जोशी, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस…