दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट कृष्णबहादुर महरा, रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले उनीहरुको नाम सिफारिस गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।बैठकले प्रतिनिधिसभाका दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।(यसअघि अन्यथा भएकाले सच्चाइएको छ)