पर्वत : गण्डकी प्रदेशसभाको विधायन समितिमा छलफलका लागि पेस भएको गण्डकीको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले गण्डकी प्रदेशका पत्रकारलाई तताएको छ। छलफलका लागि पेस भएको विधेयकका केही प्रावधानले संविधानको समेत अवज्ञा गरी पत्रकार र सञ्चार संस्थालाई पूर्ण नियन्त्रणमा राख्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेको छ। यही क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विधेयक तत्काल फिर्ता लिन प्रदेश सरकारसँग आग्रह गरेको छ। बिहीबार कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई ज