गण्डकीमा आमसञ्चार विधेयक पेस : ऐन विपरीत समाचार प्रकाशन गरे एक वर्षसम्म कैद (पूर्ण पाठसहित )

पोखरा । गण्डकी प्रदेशमा आम सञ्चार विधेयक पेस भएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षको विवादका कारण दुई महिनापछि चलेको प्रदेशसभामा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले उक्त विधेयक पेस गरेका हुन । विधेयक पेस भएसँगै आमसञ्चार सम्बन्धमा बनेको विधेयक माथि विचार गरियोस् भनी गरिएको छलफल पश्चात् आएका सुझावलाई मनन गर्दै विधेयक तयार गरिने मन्त्री थापाले बताए । विधेयक दफावार छलफलका लागि विधायन समितिमा गएको छ । संशोधनका लागि ७२ घण्टाको समय तोकिएको छ । सो समय अवधि भित्र आवश्यक सु