आज स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै

सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताउनुभयो ।

सम्बन्धित सामग्री

निर्वाचनमा एकीकृत सुरक्षा योजना

सरकारले गत माघ २३ गते २०७९ वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो। त्यसलगत्तै माघको अन्तिम साता स्थानीय तह निर्वाचन सुरक्षाको पूर्वतयारी छलफलका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।...

स्थानीय तह निर्वाचन घोषणासँगै मतदाता नामावली दर्ता रोकियो

लमजुङ – सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै मतदाता नामावली दर्ताको काम रोकिएको छ । मंगलबारदेखि फोटो सहितको मतदाता नामावली दर्ताको काम रोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो ।निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रका अनुुसार मतदाता नामावली ऐन २०७३ को दफा ४ ले निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका […]

स्थानीय तह निर्वाचन : ३५ हजार बढी जनप्रतिनिधि चयन हुने

देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरेको छ । सत्ता पक्षीय गठबन्धनकै असमझदारीका बीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति तोकेको हो । सो निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् । मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तह छन् । ती स्थानीय तहम...

निर्वाचन घोषणालाई एमालेले भन्यो- सकारात्मक

काठमाडौं- सरकारले सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्षी एमालेले यसलाई सकारात्मक भनेको छ। एमाले उपाध्यक्ष बिष्णु पौडेलले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नु सकारात्मक भएको बताए। उनले तोकिएको मितिमा स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारसँग माग गरे। मन्त्रिपरिषद्को सोमबारको बैठकले वैशाख २९ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ। […]

स्थानीय तह निर्वाचन नगराउने षड्यन्त्र भइराखेको छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले संविधानको प्रावधान अनुरूप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीवार आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउने षड्यन्त्र भइराखेको आरोप समेत लगाए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।’

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति सम्बन्धी प्रस्ताव तयार, एमाले दबाब दिँदै

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ । निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुन्छ । मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ ।  निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रालयमा पुर्‍याएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।  आयोगका पदाधिकारी र ...

स्थानीय तह निर्वाचन सकसः संविधान मान्ने कि ऐन?

काठमाडौं, माघ ५ । सत्तारूढ राजनीतिक दलबीच दुई दिनभित्र सहमति बनाएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राजनीतिक समितिको बैठकमा संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको भन्दै त्यसमा स्पष्ट भएर निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ। गठबन्धनमा रहेका राजनीतिक दलबीच संविधान र ऐनमा रहेको अहिलेको […]

स्थानीय तहको निर्वाचन बहस : ऐन र संविधान बाझिँदा अलमल यथावत्

काठमाडौं : निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न भनेपछि निर्वाचनको ऐन र संविधानमाथि बहस सुरु भएको छ।स्थानीय तह निर्वाचन ऐन र संविधानमा भएको व्यवस्था बाझिएपछि विभिन्न कोणबाट बहस सुरु भएको हो। स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन ऐन, २०७३ र संविधानको २२५ धारामा व्याख्या भएअनुसार फरक भएपछि विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ।  स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ३ मा भनिएको छ, ‘सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुन दुई महिनाअगा