देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरेको छ ।
सत्ता पक्षीय गठबन्धनकै असमझदारीका बीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति तोकेको हो । सो निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तह छन् । ती स्थानीय तहम...