फोटो–फिचर: ‘ब्रेक थ्रु’ हुनै लागेको नागढुंगा सुरुङ

नागढुंगा–सिस्नेखोला सुरुङको अहिले धादिङ र काठमाडौं दुवैतर्फ खन्ने काम अन्तिम चरणमा छ । तीन सिफ्टमा गरेर निर्माण भइरहेको मुख्य सुरुङ ४ मिटर मात्र खन्न बाँकी छ । छिट्टै नै ‘ब्रेक थ्रु’ गर्नेगरी निर्माणको काम भइरहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

सम्बन्धित सामग्री

स्थानीय अवरोधले नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ ढिला

परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार अन्तिम समयमा काम रोकिएका कारण निर्माण साइटमा कामदार आउने र पुनः काम थाल्दा अझै केही समय लाग्ने छ ।

नागढुंगा सुरुङ मार्गमा अवरोध

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम झन्डै १ महीनादेखि ठप्प छ । सुरुङको एकातर्फी निकास निस्कने ठाउँका प्रभावित स्थानीयले अवरोध गरेपछि गत फागुन ६ गतेदेखि काम बन्द भए खुलाउन पर्याप्त पहल भएको देखिँदैन । सुरुङ मार्गजस्तो जग्गा अधिग्रहणको समस्या अत्यन्त न्यून हुने काममा समेत स्थानीयले अवरोध पुर्‍याएर काम रोकिनु पक्कै पनि शुभसंकेत होइन । यो नेपालको पूर्वाधार विकासको अर्को बेथितिको उदाहरण हो ।  सुरुङ मार्गको निर्माण शुरू भएपछि प्रारम्भमा धादिङतर्फ स्थानीयले अवरोध गरेका थिए । जग्गा अधिग्रहणको त्यो विवाद अझै पूर्णतया साम्य भएको छैन । अहिले काठमाडौंतर्फ अवरोध भइरहेको छ । साइट क्लियर नगरी पूर्वाधार निर्माण थाल्दाको समस्या हो, यो । त्यस्तै स्थानीयले आयोजनासँग विभिन्न माग राखेर काम रोक्ने परम्पराकै निरन्तरता यसमा देखिन्छ । सरकारले आयोजना शुरू गर्नुअघि नै सम्भावित असरबारे पर्याप्त अध्ययन नगरेको हो कि भन्ने देखिन्छ । खानेपानीलगायतको माग स्थानीयले राखेका छन् । त्यस्तै आयोजनाका कारण स्थानीयको घरमा असर परेको भन्दै क्षतिपूर्तिको माग पनि गरिएको छ । कसैलाई केही पनि प्रभाव नपर्नेगरी कुनै पनि पूर्वाधार आयोजना बन्न सक्दैनन् । तर, असर पर्नेको संख्या ज्यादै न्यून हुन्छ भने लाभ निकै ठूलो हुन्छ । त्यसैले प्रभावितले भनेको मूल्यमै जग्गा अधिग्रहण गर्ने गरिएको छ । यहाँनेर जग्गा अधिग्रहणभन्दा पनि आयोजनाबाट परेको असरलाई लिएर विरोध भएको पाइन्छ । कुनै पनि ठाउँमा नयाँ आयोजना आउने भयो भने त्यहाँको विकास हुन्छ भन्ने सोच स्थानीयमा पाइँदैन । उनीहरू जग्गाको क्षतिपूर्ति बढीभन्दा बढी लिन मात्रै लालायित हुन्छन् । यस्तो प्रवृत्ति नरोक्ने हो भने नेपालको पूर्वाधार निर्माण सधैं समस्याको भूमरीमा परिरहन्छ । काम ठप्प हुँदा सरकारले ठेकेदार कम्पनी हाम्दा/आन्दो कर्पोरेशनलाई क्षतिपूर्ति तिर्नुपर्ने देखिएको छ । कुनै कारण कम्पनीले काम गर्न नपाएको खण्डमा दैनिक १ करोड रुपैयाँ सरकारले क्षतिपूर्ति दिनुपर्ने शर्त सम्झौतामा रहेको छ । उसले काम नगरे पनि खर्च भइरहने आधारमा यस्तो प्रावधान राखिएको हो । सुरुङ खनेर छिचोलिने अवस्थामा पुगिसकेको भए पनि स्थानीयको अवरोधले आयोजना अझै लम्बिने देखिएको छ ।  आयोजनाको विस्तृत अध्ययन गर्ने काम भए पनि त्यसमै शंका गर्नुपर्ने अवस्था छ । आयोजनाले गर्दा खानेपानीको मुहान सुकेको स्थानीयको भनाइ छ । यो कुरा वातावरणीय प्रभाव अध्ययन र मूल्यांकनमा किन देखिएन ? देखाइएको भए त्यसको समाधान पहिल्यै किन गरिएन ? यसै पनि यो सुरुङ मार्ग आर्थिक महत्त्व र वातावरणीय दृष्टिकोणले समस्यायुक्त मानिएको छ । निजगढ–काठमाडौं द्रुतमार्ग बनिसकेपछि यो सुरुङको उपयोग निकै कम हुनेछ । त्यस्तै यो सुरुङबाट प्रदूषित हावा काठमाडौं छिर्ने भएकाले समस्या हुने वातावरणविद्को भनाइ छ । त्यसैले यसमा जुन लगानी गरिएको छ त्यसको प्रतिफल ज्यादै कम देखिन्छ । त्यसमा पनि निर्माण अवधि थपिएर यसको लागत बढेको छ भने क्षतिपूर्ति दिनुपर्दा अझै महँगो बन्ने देखिन्छ । जापानी कम्पनीले काम गरेको र जग्गा अधिग्रहणलगायतमा खासै समस्या नरहेको भनिएको आयोजनाको हालत यस्तो हुनुले नेपालमा पूर्वाधार निर्माणमा काम गर्न निकै कठिन छ भन्ने देखाउँछ । आयोजनाको विस्तृत अध्ययन गर्ने काम भए पनि त्यसमै शंका गर्नुपर्ने अवस्था छ । आयोजनाले गर्दा खानेपानीको मुहान सुकेको स्थानीयको भनाइ छ । यो कुरा वातावरणीय प्रभाव अध्ययन र मूल्यांकनमा किन देखिएन ? देखाइएको भए त्यसको समाधान पहिल्यै किन गरिएन ? यी प्रश्नले नेपालमा सबै पक्षको अध्ययन हुँदैन रहेछ भन्ने पुष्टि गर्छ । मेलम्ची खानेपानीमा पनि पर्याप्त अध्ययन भएको नदेखिएकाले यो आयोजना बेकामे बन्ने सम्भावना बढेको छ । त्यसो त नेपालले बनाएका धेरैजसो आयोजना असफल देखिएका छन् । मेलम्ची खानेपानी, गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल, चोभारको सुक्खा बन्दरगाह आदि यसका उदाहरण हुन् । यो सुरुङ निर्माण आयोजनाले काम नगर्ने प्रवृत्तिलाई थप उजागर गरेको छ ।

अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

काठमाडौँ – जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य […]

नागढुंगा सुरूङ मार्गकोे म्याद फेरी ९ महिना थप

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणकोे म्याद ९ महिना थप गरिएको छ । ठेक्का सम्झौताको अवधि नसकिंदै नागढुंगा सुरुङमार्गकोे निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुई पटक थप गरिएको हो । ठेक्का सम्झौता अनुसार नागढुंगा सुरुङमार्गकोे निर्माण सन् २०२३ को अप्रिलभित्र सम्पन्न गर्नुपर्ने हो । तर त्यो अवधि नसकिँदै दुई पटकसम्म म्याद थपेर सन् २०२४ अप्रिलसम्म पुर्याइएको […]

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न

काठमाडौं, जेठ ५ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २ हजार ७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिएका छन् । २ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६ सय १ मिटर […]

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २ हजार ७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिएका छन् । २ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६ सय १ मिटर र पश्चिमबाट […] The post नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित भन्दा केही सुस्त भएको हो । संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमै ‘आइसोलेशन’मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ । शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकोमा अहिले त्यो संख्या ४०० हाराहारीमा छ । निर्माणस्थलमै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले बताएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकोमा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए । सुरुङमार्ग अहिले दैनिक ६–७ मिटर मात्र खनिएको छ । सुरुङ खन्न शुरू भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गतवर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकोमा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ,’ उनले भने । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झन्डै डेढ महिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए । अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउनसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुन सक्छ । अबका दिनमा अरू कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरू अवरोधले बाधा पु¥याएमा भने अवधि सकिँदा काम बाँकी रहन सक्छ ।   ‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जान सक्छ,’ उनले भने । निर्माणस्थलमा जग्गाको विवाद रहेकोमा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पुरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए । मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरे पनि आयोजनाले त्यसको समाधान गरिरहेको छ । यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्नेछ । जग्गा नलिई बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए । आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झन्डै ५६० जना कार्यरत छन् । जापानी निर्माण कम्पनीका तर्फबाट २० र तीनजना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली छन् । २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्नेगरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । यससँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । आयोजना अन्तर्गत साढे ९ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाईओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाईओभर’ बनाउन लागिएको छ । रासस

साउनभित्र नागढुंगा  सुरुङ छेड्ने काम सम्पन्न हुने

निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) भएको छ । ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अडिट...

दुवैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।&rsq...

दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

नागढुंगा सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फपनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरी नगरपालिका २ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । दुबैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेशनले बताएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ  ।