काठमाण्डौमा हल्का वर्षा, दिउँसाे देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । आज दिउँसाे पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार  आज राति पनि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ । मौसमव...

सम्बन्धित सामग्री

यी प्रदेशमा आज चट्याङ्गसहित पानी पर्ने

काठमाडौं, चैत १० । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा […]

गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

काठमाण्डाै - गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आशिंक बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपछि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभरको मौसम बदली रहने अनुमान छ । पहाडी केही ठाउँ र बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठ...

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार...

आज वाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकाकाे पनि मौसम बदली भएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज र भोलि ठूलो पानी पर्ने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो। आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरू मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा...

आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

काठमाण्डाै - मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको म...

चार प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का पानी परिरहेको छ।आइतबार दिउँसो भने देशैभर हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर नै सामान्य बदली रही ती प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदशेका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मौमस सामान्य बदली रही अन्य प्रद

दिउँसाेपछि वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने

काठमाण्डाै – अहिले वाग्मती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रि मनसुन अन्तिम चरणमा आइपुगेसँगै मनसुनी गतिविधि सुरु हुन थालेको छ । यसपालि मनसुन तोकिएकै मिति जुन १३  तारिखकै आस...

काठमाण्डौसहित देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाण्डौको गौशाला, एयरपोर्ट क्षेत्रमा बिहान हल्का पानी परेको हो । काठमाण्डौ बाहिरका अन्य केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।

काठमाण्डौमा हल्का  वर्षा, राति पनि पानी पर्ने

काठमाण्डाै - प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो । अहिले कर्णाली,...

काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - आज पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ । दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो। आज सुदूरपश्चिम प्रदेशको मौसम  पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ । नेपालम...