राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारिएको छ ।