जनता टिभीको गेटमा श्रमजीवी पत्रकार संघको धर्ना

जनता टेलिभिजनमा पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१ औं शताब्दीमा आएर पनि ब

सम्बन्धित सामग्री

कान्तिपुर मिडियाविरुद्ध श्रमजीवी पत्रकार संघले थाल्यो दोस्रो चरणको आन्दोलन

काठमाडौँ-श्रमजीवी पत्रकार संघ,नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ। कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको हो। शुक्रबार दिउँसो ४ बजेदेखि एक घण्टा थापाथलीस्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिएको संघका अध्यक्ष जन्मदैव जैसीले बताए। त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समितिसँग आन्तरिक छलफल गर्ने कार्यक्रम तय भएको छ। […]

पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू हुनुपर्ने माग गर्दै धर्ना

काठमाडौँ– नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिकको कार्यान्वयन गर्नुपर्ने माग गर्दै थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ । महासङ्घले कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन पक्षले निष्काशन गरेका ८६ पत्रकारको पुनर्बहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायतका माग गर्दै एक घण्टा धर्ना दिएको हो ।   महासङ्घले श्रमजीवी […]

पारिश्रमिक नदिने मिडिया हाउसविरुद्ध पत्रकार महासंघको आन्दाेलन

काठमाडौं : नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा आज दाेस्राे दिन पनि धर्ना दिएको छ।कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार दीपा दाहाललाई विनाकारण कामबाट निष्कासन गरिएकाे विरुद्धमा उनकाे पुनर्बहाली लगायतका माग राखेर महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो।आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएकाे थियो।महासंघका अ

निष्काशित पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै कान्तिपुर टेलिभिजनमा धर्ना

काठमाडौँ- नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसरअगाडि सोमबार धर्ना दिएका छन्। उनीहरुले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागू, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्नेसहित माग राखेका छन्। महासंघले आइतबार एक कार्यक्रम पत्रकार सम्मेलन गरी श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, […]

पत्रकारको तलब नदिने सञ्चारमाध्यममा महासंघले धर्ना दिने

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ । प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिन