११ बजे निर्वाचन आयोग जाँदै नेपाल र ठाकुर

काठमाडौं, भदौ ९ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग जाने तयारीमा जुटेका छन्। अहिले बिहान १० बजे रत्नपार्कस्थित शान्तिवाटिकामा भेला हुने र त्यहाँबाट निर्वाचन आयोग जाने तयारी भईरहेको स्रोतले जनाएको छ । नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने (लोकतान्त्रिक) […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।...

अस्वस्थताका बावजुद माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् । यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् ।

माधव नेपाल समूह रत्नपार्कबाट हिडेरै निर्वाचन आयोग जाने

चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल निर्वाचन आयोगका लागि त्यहाँबाट हिडेका छन् । अहिले केहिबेरमा रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भई त्यहाँबाट सांसद, केन्द्रीय सदस्य तथा कार्यकर्तासहित निर्वाचन आयोग जाने तयारी रहेको छ । आयोगले सनाखतका लागि बिहान आज दिउँसो २ बजेसम्मको समय दिएको छ। गत सोमबारदेखि नै चन्द्रागिरिमा रहेका नेपाल आयोगले […]

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव…

निर्वाचन आयोग पुगेर फर्किए माधव नेपाल पक्षका नेता

२ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् । सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए । आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको […]

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए । थापाले रातोपाटीलाई भने, 'हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के

प्रचण्ड- माधव समूहको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको आज निर्वाचन आयोग जाने कायक्रम स्थगित गरिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एकाएक कार्यक्रम स्थगित गरिएको एक नेताले जानकारी दिए। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको थियो।…

केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

७ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ […]