विकासोन्मुख मुलुकले शून्य–उत्सर्जन लक्ष्य समयमै हासिल गर्लान् ?
विकासोन्मुख मुलुकमा कायम स्रोतको अभावलाई मध्यनजर गर्दै उनीहरूलाई शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न पर्याप्त समय दिनुपर्छ
इन्टरनेसलन प्यानल अन क्लाइमेट चेन्ज’ले केही अघि सार्वजनिक गरेको रिपोर्टले सन् २०४० सम्म विश्वको...
दुबई – संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन दोस्रो चरणमा प्रवेश गरेको छ। विकासोन्मुख देशको बहुप्रतिक्षित र प्रमुख मुद्दाको रूपमा रहेको हानि–नोक्सानी कोष कार्यान्वयनमा लैजाने महत्वपूर्ण निर्णय गरेको यस सम्मेलनबाट ग्लोबल स्टक टेकका सम्बन्धमा पनि प्रभावकारी निर्णय होस् भन्ने अपेक्षा गरिएको थियो। त्यसैगरी, जलवायु अनुकूलनको विश्वव्यापी लक्ष्य हासिल गर्ने सम्बन्धमा पनि निर्णय हुने […]
नेपालजस्तो विकासोन्मुख देशका लागि दिगो आर्थिक विकासका आवश्यक पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारमार्फत् आर्थिक वृद्धि हासिल गर्न आफ्नो मात्र स्रोतसाधन अपर्याप्त छ । त्यसैले पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारका लागि हामीले विदेशी लगानी तथा ऋण आकर्षित गर्नर्पुर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी परिभाषित गरेको छ ।
शासकीय व्यवस्थाका कमजोरी हटाई शासन व्यवस्थामा सुधार ल्याउने र विकासोन्मुख राष्ट्रहरूको विकासका लागि विकसित राष्ट्र तथा दातृ निकायबाट सहायता प्रदान गर्ने उद्देश्य राखेर विकास गरिएको सुशासनको अवधारणा सर्वप्रथम विश्व बैङ्कले सन् १९८९ मा अफ्रिका महादेशमा पहिलो पटक प्रयोगमा ल्याएको हो तर अहिले यो अवधारणा दिगो विकासको लक्ष्य हासिल गर्ने महìवपूर्ण औजारका रूपमा विकास भएको छ। देश र जनतालाई केन्द्रमा राखेर असल ढङ्गबाट गरिने शासन नै सुशासन हो। सुशासनिक व्यवस्थामा राज्यका सबै अङ्गमा सबै क्षेत्र तथा वर्गको उचित प्रतिनिधित्व कायम गरी समान सहभागिता र अपनत्व दिलाई नागरिक सरोकारका विषयलाई सम्बोधन गरिन्छ। राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो, छरितो एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो।
विगत दुई दशकदेखि मानव संसाधन व्यवस्थापनको चर्चा र प्रयोग बढ्दो छ । अन्तरराष्ट्रिय मानव संसाधन व्यवस्थापन र रणनीतिक मानव संसाधन व्यवस्थापनसहित नयाँ अनुसन्धान क्षेत्रहरू खोलिएका छन् ।
औद्योगिक विकास भएका देशहरूमा मानव संसाधन व्यवस्थापनलाई ज्ञानको सम्पत्तिको रूपमा ग्रहण गरिन्छ । तर, विपन्न राष्ट्रहरूमा मानव संसाधन व्यवस्थापनको गतिशीलताको बारेमा जानकारी दुर्लभ नै ठानिन्छ । एक देशमा मानव संसाधन व्यवस्थापनका लागि बनाइएका रणनीतिहरू अर्को मुलुकमा बेकार वा अप्रासांगिक हुन सक्छन् । विकासोन्मुख देशहरूमा शिक्षाविद् र व्यवसायीहरूले मानव संसाधनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनी बुझ्न जरुरी छ ।
नीति निर्माता र अनुसन्धानकर्ताहरूलाई महत्त्वपूर्ण जानकारी दिएर प्राज्ञिकहरूले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । विकासशील देशहरूमा मानव संसाधनको व्यवस्थापनसँग सम्बन्धित विभिन्न कठिनाइहरूलाई सहज पार्न विद्यार्थीहरूलाई दक्ष बनाउन आवश्यक छ ।
हाल अधिकांश विकासोन्मुख राष्ट्रहरूमा सामाजिक र सांस्कृतिक मूल्यहरू, धार्मिक विचारहरू आर्थिक शक्तिबाट प्रभावित छन् । भ्रष्टाचार र लालफित्तशाहीलाई बढावा दिने आन्तरिक श्रम बजारहरूको परिणाम स्वरूप संगठनात्मक कार्यसम्पादनमा असर परेको छ । त्यसैले विकासोन्मुख राष्ट्रहरूमा मानव संसाधन प्रणाली अब तर्कसंगत, वस्तुनिष्ठ र व्यवस्थित रोजगार प्रणालीसँग मिल्नुपर्छ ।
उत्पादकत्वमा योगदान दिएर देशको अर्थतन्त्रमा मानव संसाधनले महत्त्वपूर्ण भूमिका खेल्छ । शिक्षा, तालिम र स्वास्थ्य सेवा सबै मानव पूँजीमा लगानी गर्ने र फिर्ता दिने माध्यम हुन् । मानव संसाधन विकासले मानव पूँजी निर्माण गरेर देशको प्रतिव्यक्ति आय बढाउन सक्छ । ज्ञान हस्तान्तरणले कामदारको उत्पादकत्व बढाउन सक्छ । मानवसंसाधनले कर्मचारी र प्रबन्धकहरूको लागि स्थिरता र खुलापन प्रदान गरेर सकारात्मक संगठनात्मक संस्कृति प्रवर्द्धन गर्न मद्दत गर्दछ ।
डुन्निङ (२००६) का अनुसार अन्तरराष्ट्रिय व्यापार अनुसन्धानले मुख्यतया संस्था र राष्ट्रको भौतिक सम्पत्तिहरूमा ध्यान केन्द्रित गर्दछ तर व्यवसाय र राष्ट्रहरूको मानव वातावरणलाई बेवास्ता गरेको पाइन्छ । सिर्जनात्मकताले नवप्रवर्तनको नेतृत्व गर्दछ । मानव सम्पत्ति (अनुभव, शीप, र कर्मचारीहरूको ज्ञान) र ती सम्पत्तिहरू दिइएको ठाउँमा राखिएका सीप र क्षमताहरूलाई मानव वातावरणको रूपमा परिभाषित गरिएको छ ।
सरकार साथै कम्पनीले कसरी आफ्नो मानव संसाधनको व्यवस्थापन गर्दछ त्यसैमा यसको सफलता निर्भर हुन्छ । मानवीय वातावरणको पक्षलाई स्वीकार गर्न नसक्ने कम्पनीहरूको अस्तित्वमा नै प्रश्न चिन्न लाग्न सक्छ । मानव संसाधन व्यवस्थापनलाई व्यापारका लागि प्रतिस्पर्धात्मक लाभको रूपमा धेरै अध्ययन गरिएको छ । सरकारी क्षेत्रमा यसको महत्त्वलाई अझै स्वीकार गर्न सकिएको छैन । सरकारी कार्यालयहरूमा हुने बेथितिलाई मानव संसाधनको प्रविष्टिले निकै हदसम्म समाधान गर्न सक्छ ।
प्रभावकारी स्रोत व्यवस्थापनले प्रतिस्पर्धात्मक फाइदाहरूमा योगदान पुर्याउँछ । परिणामस्वरूप संगठनले आफ्नो उद्देश्यमा सफलता प्राप्त गर्छ । अनुसन्धानका अनुसार विभिन्न अन्तरसम्बन्धित एचआरएम अभ्यासहरू लागू गर्नाले कम्पनीलाई बहुआयामिक सफलतातर्फ लग्न सकिन्छ ।
भर्ती, छनोट, तालिम, कार्यसम्पादन व्यवस्थापन र भुक्तान यसमा समावेश गरिएका केही विधि हुन् । एचपीडब्लुले कर्मचारी प्रतिबद्धता र संगठनको लक्ष्यहरूमा संलग्नता बढाएर समग्र संगठनात्मक कार्यसम्पादनमा चमत्कारपूर्ण सुधार गर्दछ । एचपीडब्लुले सामान्य मानव संसाधन रणनीतिहरू भन्दा राम्रो परिणाम दिन्छ । मानव संसाधन र संगठनका अन्य व्यावसायिक एकाइहरूलाई छुट्टै संस्थाको रूपमा व्यवहार गर्नुको सट्टा एचपीडब्लुले एकीकृत व्यापार प्रक्रियाहरू विकास गर्न प्रयास गर्दछ । प्रबन्धकहरू र कर्मचारीहरूलाई एचपीडब्लु अन्तर्गत समग्र रूपमा संगठनको लागि पारस्परिक रूपमा लाभदायक तरिकामा सहयोग गर्न प्रोत्साहित गरिन्छ । कर्मचारीको मनोबल र उत्प्रेरणामा यसको ठूलो भूमिका हुन्छ भन्ने अध्ययनले देखाएको छ ।
भूमण्डलीकरणले जनसांख्यिकी विविधतालाई विस्तार गरेको छ । नागरिक सेवाले यो बढ्दो विविधतालाई प्रतिनिधित्व गर्न सक्दैन । विभिन्न कर्पोरेशनहरूले आफूले सेवा गर्ने वातावरणमा भएका परिवर्तनहरू पार गर्ने सन्दर्भमा के हासिल गर्न चाहन्छ भन्ने कुरामा निर्भर गर्दै आन्तरिक र बाह्य दुवै भर्ती दृष्टिकोणहरू प्रयोग गर्न सक्छ । संगठनले काम गर्ने वातावरण स्थिर नभएको कारण भर्तीलाई व्यवसायको निरन्तर मागहरूसँग मिल्ने गरी अद्यावधिक गरिनुपर्छ । यद्यपि यसले एक कम्पनीको लागि काम गर्दछ अर्कोको लागि नगर्न पनि सक्छ । कम्पनीहरू, विशेष गरी सार्वजनिक क्षेत्रले भर्ती रणनीति विकास र कार्यान्वयन गर्दा उनीहरूको सञ्चालन वातावरण र वाञ्छित अन्तिम लक्ष्यहरू सावधानीपूर्वक जाँच गर्नुपर्छ ।
सिंगापुर एउटा यस्तो देश हो जसको सार्वजनिक क्षेत्र बलियो छ । उच्च वर्गका मानिसहरूलाई भर्ती गर्ने, प्राप्त गर्ने र राख्ने क्षमताले यसलाई सार्वजनिक क्षेत्रहरूमा प्रतिस्पर्धात्मक लाभ दिएको छ । मानव संसाधनको उचित व्यवस्थापनबाट कसरी देशले लाभ लिन सक्छ भन्ने उदाहरण सिंगाापुरबाट लिन सकिन्छ । विविध भर्ती रणनीतिहरूद्वारा सार्वजनिक क्षेत्रमा शीर्ष व्यक्तिहरूलाई आकर्षित गर्नु सिंगापुरको क्षमता हो । एच्पीडब्लुको उचित महत्त्वलाई बुझी त्यसै अनुसार देशको मानवीय संसाधनलाई व्यवस्थापन गर्न सकेको कारण आज त्यो देश सबैको लागि उदाहरणीय बन्न सम्भव भएको हो ।
भर्ती प्रकृया निःसन्देह मानव संसाधन प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरू मध्ये एक हो । सही व्यक्तिहरू नभईकन कुनै पनि कुरा प्राप्त हुँदैन । अर्थात्, यदि व्यक्तिको छनोट राम्रो छैन भने रोजगारीका लागि उपयुक्त मानव संसाधन नीतिहरू जतिसुकै राम्ररी बनाइएका भए पनि वा रणनीति जति राम्रोसँग राखिएको भए पनि खास फरक पार्दैन । स्वीकार्य र योग्य कर्मचारीहरूलाई भर्ना गर्न सके भने व्यक्तिहरूले योजना, मस्यौदा र नीतिहरू लागू गर्न र सफल बनाउन वा आवश्यकता अनुसार लाभप्राप्त गर्न सक्छन् ।
भर्ती रणनीतिहरू कुनै पनि सफल व्यवसायका आधार हुन् । सही समयमा कामको लागि सही व्यक्तिहरू पाउनु एउटा कम्पनी या सार्वजनिक संस्थानको ठूलो विशेषता हो । सफल सरकारहरूले सक्षम र संलग्न कर्मचारीहरूलाई आकर्षित गर्ने भर्ती रणनीतिहरू अपनाउँछन् । सरकारी नीति र तिनको कार्यान्वयनले मुलुकलाई आर्थिक कमजोरीबाट आर्थिक शक्ति बनाउन प्रेरित गर्छ ।
लेखक विभिन्न कलेजमा अर्थशास्त्र अध्यापन गर्दछन् ।
काठमाडौं । सम्मृद्ध नेपाल सुखि नेपालीको लक्ष्य हासिल गर्न र नेपाललाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकको हैसियतमा पुर्याउन पूर्वाधार विकासमा लगानी आवश्यक हुन्छ । पूर्वाधार विकासको लागि सिमेन्ट महत्वपूर्ण निर्माण सामग्री भित्र पर्दछ । सिमेन्ट आयात गर्न लाग्ने खर्च र आयात गर्दा लाग्ने ढुवानी खर्चको मूल्याङ्कन गर्ने हो भने नेपालमा नै सिमेन्ट उत्पादन गर्नु रणनैतिक रुपले […]
बेइजिङ- विश्वका दुई शक्तिशाली आर्थिक राष्ट्रहरू सर्वशक्तिमान तथा सबैभन्दा विकसित देश अमेरिका र सबैभन्दा ठूलो विकासोन्मुख देश तथा उदीयमान शक्ति चीनको टकरावले विश्व मञ्चमा नकारात्मक प्रभाव पारिरहेको छ । यी दुईको सहकार्यमा जलवायु परिवर्तनका मुद्दादेखि विश्वका जल्दाबल्दा समस्यामा उल्लेख्य उपलब्धि हासिल हुनुका साथै विश्वमा दीर्घकालसम्म…
बेइजिङ- विश्वका दुई शक्तिशाली आर्थिक राष्ट्रहरू सर्वशक्तिमान तथा सबैभन्दा विकसित देश अमेरिका र सबैभन्दा ठूलो विकासोन्मुख देश तथा उदीयमान शक्ति चीनको टकरावले विश्व मञ्चमा नकारात्मक प्रभाव पारिरहेको छ । यी दुईको सहकार्यमा जलवायु परिवर्तनका मुद्दादेखि विश्वका जल्दाबल्दा समस्यामा उल्लेख्य उपलब्धि हासिल हुनुका साथै विश्वमा दीर्घकालसम्म शान्त…
बेइजिङ- विश्वका दुई शक्तिशाली आर्थिक राष्ट्रहरू सर्वशक्तिमान तथा सबैभन्दा विकसित देश अमेरिका र सबैभन्दा ठूलो विकासोन्मुख देश तथा उदीयमान शक्ति चीनको टकरावले विश्व मञ्चमा नकारात्मक प्रभाव पारिरहेको छ । यी दुईको सहकार्यमा जलवायु परिवर्तनका मुद्दादेखि विश्वका जल्दाबल्दा समस्यामा उल्लेख्य उपलब्धि हासिल हुनुका साथै विश्वमा दीर्घकालसम्म शान्त…
कोरोना महामारीको लहर परिवर्तित रूपमा फैलदो छ । कोरोनाबाट जोगिनका लागि खोप उत्पादन गरी विश्वले यसबीच महत्वपूर्ण उपलब्धि पनि हासिल गर्यो । सम्भावित मृत्युलाई धेरै हदसम्म कमी गर्र्ने सफलता हात लाग्यो । तर, विकासोन्मुख मुलुकहरूका नागरिकका लागि भने अझ जटिलता कायमै छ । नेपालका लागि पछिल्लो समय चीन, अमेरिका, भुटान र जापान सरकारले खोप उपलब्ध […]
नेपाल एक विकासोन्मुख देश हो । यहाँका अधिकांश मानिस कृषि क्षेत्रमा आश्रित छन् । कृषिबाहेक अन्य क्षेत्रमा लगानी गर्ने अवसरहरू कम मात्रामा रहेको छ । त्यसैको परिणामले नेपालले तीव्र विकास हासिल गर्न सकेको छैन । औद्योगिक क्षेत्रको विकास पनि पछिल्ला दिनहरूमा बढ्दै गइरहेको छ, तर त्यस औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नहुँदा नेपालले […]