गण्डकी प्रदेशमा थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको नमुना परिक्षण गरिएकामा ५०८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २४४ महिला र २६४ जना पुरुष रहेका छन् ।प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १५५, बागलुङ ५८ स्याङ्जा ७७, म्याग्दी १७, पर्वत १,गोरखा ८४, लमजुङ ११,तनहुँमा ६