वामदेव बोले - कुनै पार्टीमा छैन तर कम्युनिष्टलाई एकताबद्ध गरेरै छाड्छु

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने अभियान चलाउने भएका छन्। उनले राष्ट्रियसभाको बैठकमा बोल्दै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने अभियान केही समयमै घोषणा गर्ने बताएका हुन्। उनले भने, ‘म कुनै पार्टीमा छैन। कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्नेमा छु, त्यसैले मैले कुनै नेताको बारेमा टीकाटिप्पणी गरेको छैन। हामीले ऐतिहासिक अवसर प्राप्त गरेका थियौँ। नेपाललाई समृद्ध समाजवादलाई पुर्‍याउने औजार नेकपा थियो। जनताले पनि विश्वास गरेका थिए।

सम्बन्धित सामग्री

वामदेवलाई पार्टीमा एकताबद्ध हुन नेकपा एसका अध्यक्ष माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमलाई यथाशीघ्र पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन् । मंगलबार नेकपा एसको कार्यालयमा भएको भेटवार्तामा गौतमलाई पार्टीमा एकताबद्ध हुन नेपालले आग्रह गरेको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बताए । गौतमले छिट्टै यसबारे निर्णय गर्ने बताएका छन् । सो अवसरमा दुवै […]

नयाँ पार्टी बनाएर कम्युनिस्ट एकतामा जोड दिने वामदेवको ३ महिने एजेण्डा !

नयाँ पार्टी घोषणा गर्न लागेका वामदेव गौतमले कम्युनिस्ट एकतामा जोड दिने भएका छन् । पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सोही अभियानलाई पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । .groupTit