नयाँ पार्टी बनाएर कम्युनिस्ट एकतामा जोड दिने वामदेवको ३ महिने एजेण्डा !

नयाँ पार्टी घोषणा गर्न लागेका वामदेव गौतमले कम्युनिस्ट एकतामा जोड दिने भएका छन् । पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सोही अभियानलाई पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । .groupTit