अफगानिस्तानमै छन् तालिबानका सर्वोच्च नेता अखुन्दजादा, छिट्टै सार्वजनिक हुने

तालिबानका सर्वोच्च नेता हिब्तुल्ला अखुन्दजादा कन्दहारमा भएको र छिट्टै सार्वजनिक हुने बताइएको छ ।  कन्दहारका मुल्ला अखुन्दजादा सन् २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए ।  उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको स्थितिमा ल्याइपुर्‍याएको बताइन्छ ।  सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सेनाको विरोध गर्ने इस्लामी नेतामा अखुन्दजादा पनि थिए । तर उनको छवि सैन्य कमान्डर भन्दा पनि धार्मिक नेताको छ ।  यसैबीच तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनको विषयमा वार्त...

सम्बन्धित सामग्री

तालिबान सर्वोच्च नेता अखुन्जादाको आदेश– छोरा र नातागोतालाई दिएको जागिर खोसिन्छ

तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्जादाले सरकारी अधिकारीहरूलाई आफ्ना छोरा तथा नातागोतालाई दिलाएको जागिर खोस्न निर्देशन दिएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई

काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव एवम् मुलुकको राष्ट्रपतिमा चयन भएकोमा बधाई दिएका छन् । उत्तर कोरियाको सरकार सञ्चालित केसीएनए समाचार संस्थाले सर्वोच्च नेता किमले सीलाई बधाई दिएको जनाएको छ । उनले बधाई पत्रमा सीको नेतृत्वमा दुई मुलुकबीचको सम्बन्ध अझ सुन्दर हुने […]

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएकाे हाे ।  नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएको थियो । महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । उत्तर कोरि...

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द

एजेन्सी, २ माघ। ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले उनको अकाउन्ट बन्द गरिदिएको हो। उक्त भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका […]

इरानका सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीको अकाउन्ट बन्द गरिदिएइको थियो । सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ । ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो । खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भि

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक रुपमा देखा परे

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।  तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो ।

तालिबान सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रूपमा देखा परे

काठमाण्डाै – तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार संस्था एएफपीले जनाएकाे छ ।   अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर गएकाे अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रूपमा देखा परेका थिएनन् ।   तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि ...

तालिबानले नयाँ सरकार छिट्टै गठन गर्ने, अखुन्दजादालाई सर्वोच्च नेता बनाइने

तालिबानले नयाँ इस्लामी सरकार छिट्टै बनाउने भएका छन् ।  धार्मिक नेता हैबतुल्लाह अखुन्दजादालाई देशका सर्वोच्च नेता बनाउन लागिएको एक तालिबान अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए ।  अखुन्दजादा अहिले कन्दहारमा छन् र उनलाई जाईम वा रहबर भनी पुकारिनेछ । उनको पद इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको जस्तो हुनेछ ।  नयाँ सरकारको घोषणा ठ्याक्कै कहिले गर्ने हो र त्यसमा समावेशी परिषद् पनि राखिन्छ कि राखिँदैन भन्ने स्पष्ट छैन । नयाँ सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने पक्का छ । मानवीय तथा आर्थिक संकटका...

इरानका निर्वाचित राष्ट्रपति सर्वोच्च नेता खमेनीका उत्तराधिकारी

एजेन्सी, ६ असार । इरानको राष्ट्रपतिमा निर्वाचित इब्राहिम रैसी वर्तमान प्रधानन्यायधीश हुन् । इरानका वर्तमान राष्ट्रपति हसन रुहानीको डेढ महिनापछि कार्यकाल सकिएपछि उनी राष्ट्रपति बन्नेछन् । ६० वर्षीय रैसीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको जस्तै कालो पगडीं लगाएका छन् । यसको अर्थ उनी सैयद अर्थात् प्रोफेट मोहम्मदका उत्तराधिकारीको सन्देश हो । धार्मिक शिक्षा पाएका […]