तालिबानले नयाँ इस्लामी सरकार छिट्टै बनाउने भएका छन् ।
धार्मिक नेता हैबतुल्लाह अखुन्दजादालाई देशका सर्वोच्च नेता बनाउन लागिएको एक तालिबान अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए ।
अखुन्दजादा अहिले कन्दहारमा छन् र उनलाई जाईम वा रहबर भनी पुकारिनेछ । उनको पद इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको जस्तो हुनेछ ।
नयाँ सरकारको घोषणा ठ्याक्कै कहिले गर्ने हो र त्यसमा समावेशी परिषद् पनि राखिन्छ कि राखिँदैन भन्ने स्पष्ट छैन । नयाँ सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने पक्का छ । मानवीय तथा आर्थिक संकटका...