काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश एक खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडे