सर्वोच्च अदालतमा रिट हाल्नुपूर्व सांसदहरूको नागरिकता संकलन गर्दै कांग्रेस र माओवादी

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस लगायत विपक्षी दलहरू सर्वोच्च अदालत जाँदैछन् । प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै पुनर्बहालीको मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय शनिवार गरेका थिए ।  विपक्षी दलहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सहित सर्वोच्च जान लागेका हुन् ।  सिंहदबारस्थित नेप...

सम्बन्धित सामग्री

लुम्बिनीका एमाले सांसदको रिट ‘हेर्न नभ्याइने’मा

२६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ । लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास […]

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ वटा रिट

१० जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २४ वटा रिट परेको छ । विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र …

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निवेदक पहिले भन्दा बलियो

१० जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा यसअघि भन्दा निवेदक बलियो देखिएका छन् । प्रतिनिधिसभाको हाल कायम रहेको सदस्य संख्याको बहुमत सदस्य नै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराई, उपेन्द्र यादव समूह र […]

अदालत जान विपक्षीको हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्), नेकपा (एमाले)को माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन् यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर जुटाएका हुन् । हस्ताक्षरसँगै उनीहरुको नागरिकताको […]