एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६ जना पीडित

इन्सेकले जेठ महिनामा ८० जना महिला र २४ जना पुरुष गरी १ सय ६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।असार ७ गते जेठ महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी १ सय ६ जना पीडित भएका र विद्यालय, स्काभेटर र गाडी तोडफोडका तीन ओटा घटना अभिलेखित भएको जनाएको छ ।‘प्रकाशित समाचार अनुसार प्रदेश २ र लुम्बिनी प्रदेशमा सबै प्रदेशभन्दा बढी २४/२४ जना पीडित भए भने गण्डकी प्रदेशमा सबैभन्दा कम तीन जना पीडित भए । प्रदेश १ मा २१ जना, बागमती प्रदेशमा १३ जना, कर्णाल

सम्बन्धित सामग्री

मानव अधिकार उल्लङ्घन गर्ने २०२ जना कारबाहीका लागि सिफारिस

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे जानकारी दिँदै आयोगले नीतिगत सुधारका लागि १३ वटा सिफारिस गरेको समेत उल्लेख गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका […]

कर्णालीमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घनका घटना

सन २०२२ मा कर्णाली प्रदेशमा ३ सय ३४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन्।

गाथा लोकतन्त्रका जननीको

आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्।...

मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको -यालीपश्चात् आयोजित सभामा उहाँले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो । समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि […]

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः उल्लङ्घन गर्ने १३ प्रतिशत कारबाहीमा

काठमाडौं, मंसिर २४। हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन, हत्या, हिंसालगायतका क्षेत्रसँग सम्बन्धित १२ हजार ८२५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये छ हजार ६१७ उजुरी फस्र्योट भएकोमा […]

कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घन

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी […]

असोज महिनामा बलात्कारका घटना १९, यौन दुव्र्यवहारका घटना ६

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज महिनामा ७४ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले असोज महिना र कात्तिक ७ गतेसम्मको घटनालाई विश्लेषण जारी आज सार्वजनिक गरेको तथ्याङ्कमा २० पुरुष र ५४ महिला गरी गरी ७४ जना व्यक्तिमाथि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको उल्लेख छ …

मानव अधिकार आयोगका कार्यालय दशैँ, तिहार र छठ बिदामा पनि खुल्ला रहने

काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ । आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर आयोगले विगतमा झैँ यस वर्ष पनि बिदामा आयोग खुल्ला रहनेछ । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमन समेत गर्ने उहाँले बताउनुभयो ।

साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ÷छ जना पीडित भएका छन

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध्ये पत्नी हत्याका छ, परिवारजनबाट हत