काठमाण्डाै - निर्वाचन आयोगले स्थानीय तह चुनाव–२०७९ का लागि आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ ।
मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन् । दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।
अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । निर्वाचन आयोगले गएको फागुन १९ गतेदे...