काठमाडौं । काठमाडौंको महाराजगंजस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइओएमकाे डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोडेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो । महाराजगंज मेडिकल कलेजका विद्यार्थीहरु होस्टलको व्यवस्थापन गर्न माग गर्दैै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा विद्यार्थीहरुले डिनको कार्यालयमा तालाबन्दी समेत गरेका थियो । […]