२४ प्रकारका औषधी फुकुवा

भारत सरकारले सिटामोलबाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ । विदेश व्यापार महानिर्देशनालयले सोमबार एक सूचना जारी गर्दै २४ प्रकारका औषधि र तिनको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो । विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बी–१, भिटामिन बी–६, भिटामिन बी–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिहरुको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो । बाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले औषधि र यसका कच्चा पदार्थ निर्यात गर्ने भारत सरकारको निर्णय नोटिसमा आएको जानकारी दिए ।

सम्बन्धित सामग्री

औषधी प्रयोजनका लागि गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

काठमाडौँ, २४ माघ। सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने तयारी गरेको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका छन् । औषधि व्यवस्था ऐन २०३३ […]

सरकारले औषधी निर्यात नरोक्न भारतलाई आग्रह गर्ने

काठमाण्डौ - सरकारले भारतलाई औषधी निर्यात नरोक्न आग्रह गर्ने भएको छ । कोरोना भाइरसका कारण २६ प्रकारका औषधी  कच्चा पदार्थ निर्यात रोक्का गर्ने भारतको निर्णयले नेपालमा औषधी अभाव हुनसक्ने भन्दै सरकारले औषधी निर्यात फुकुवा गर्न अनुरोध गर्ने भएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा...

आईएएफले रुसमाथिको प्रतिबन्ध अझै हटाउन चाहेन

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ)ले रुसमाथिको प्रतिबन्धलाई अझै फुकुवा नगर्ने भएको छ । प्रतिबिन्धत औषधीलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रुसलाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक काम भएपछि महासंघले भने फुकुवाका लागि लचिलो देखिएको छैन । सन् २०१५ को नाभेम्बरमा राज्य प्रायोजित प्रतिबन्धित औषधी प्रयोग गरेक...