मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको ८ वर्ष बित्यो । यस अवधिमा लोकमार्गको उक्त खण्डको ट्रयाक खोल्ने कार्यसमेत पूरा भएको छैन । लोकमार्गको जाजरकोट खण्डको ८२ मध्ये ५ किलोमिटर सडक ट्रयाक खोल्न अझै बाँकी छ ।
जाजरकोट । नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी/ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन । विसं २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण […]
वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे …
सिन्धुली । सिन्धुलीको सोखुखोलामा निर्माणाधिन पुल नबन्दा यातायात अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको सोखुखोलामा पुल निर्माण सम्पन्न नहुँदा खोलामा पानीको सतह बढेपछि यातायातका साधनहरु अवरुद्ध भएका हुन् । पुल निर्माणको ठेक्का पाएको आत्रेय निर्माण सेवाले पुल निर्माण कार्य समयमै सम्पन्न नगरेका कारण विगत दश वर्षदेखि सोखुखोलामा वर्षायाममा यातायातका साधनहरु खोेलाले […]
तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]
जाजरकोट । निर्माण शुरू गरेको ९ वर्षमा भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपश्चिम र जाजरकोट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो रहेको छ ।
ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सक्नेगरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्शन प्रालि ललितपुरले लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न २०६९ सालमा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले बताएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ
छुट्याएको छ ।
पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार÷व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए । पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरबाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् ।
पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले बताएको छ ।
सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोप्राइटर श्रेष्ठले बताए । ‘पुल निर्माण शुरू भएको २ वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो,’ उनले भने । रासस
तेह्रथुम : पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेवल पुल भने निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको पाइन्छ। सडक बन्यो। तर पुल नबन्दा सडक प्रयोगविहीन अवस्थामा छन्।
...