जसपाका तीनजना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता

यमलाल भुसाल, बुटवल । पार्टी निर्णय विपरित सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसदलाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारवाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेशसभा सचिवालयमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]

एमालेकी प्रदेशसभा सदस्य खातुन पदमुक्त

काठमाडौं, असार ८ । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला र उच्च अदालतबाट भएको फैसलापछि खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् । खातुनले दायर गरेको निवेदन सर्वाेच्व अदालतले खारेज गरिदिएपछि उनी पदमुक्त भएकी हुन् । उच्च अदालत विराटनगरले […]

प्रदेशसभा सदस्य पदमुक्त प्रकरण : कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

२० साउन, कर्णाली । नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आफैंले गरेको कारवाही अदालतबाट सदर भएपछि सशक्त प्रतिपक्षीमा बस्ने प्रतिक्रिया दिएका छन् । गत […]

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् । जसपाको उपेन्द्र […]

जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद थापा फेरि पदमुक्त

पोखरा। गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा उनलाई पार्टीले कार्वाही गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप विपरीत तटस्थ बसेको भन्दै उनलाई पार्टीले कार्वाही गरेको हो। यसअघि विपक्षी गठबन्धनको सरकार बनाउँदा हस्ताक्षर गर्न नमानेको भन्दै गरेको कार्वाहीमा सर्वोच्च अदालतले पुर्नवहालीको आदेश दिएको थियो।

कर्णालीका चार सांसद पदमुक्त

नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको हो ।पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुन् […]

प्रदेश २ : माओवादीका ४ सांसद पदमुक्त

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेश सभाका ४ जना सदस्य पदमुक्त भएका छन् । चारै जनाले माओवादी केन्द्र दल त्याग गरेको सूचना सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि सांसदहरू पदमुक्त भएका हुन् । प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएका प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए । चारै जनालाई माओवादीले स्पष्टीकरण सोधेकोमा जवाफ नदिएपछि पदमुक्त गरिएको जनाइएको छ ।

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस