क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

९ असार, काठमाडौं ।  युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान […]

सम्बन्धित सामग्री

स्कटल्याण्डको यूरो कप फुटबल यात्रा समाप्त, क्रोएशिया अन्तिम १६ मा पुग्यो

स्कटल्याण्डको यूरो कप फुटबल २०२० को यात्रा समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा क्रोएशियाबाट हार बेहोर्दा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । समूह डी को गए राति अबेर सम्पन्न खेलमा क्रोएशियाले स्कटल्याण्डमाथि ३–१ को जित हात पारेको हो । ग्लासगोस्थित राष्ट्रिय रङशालामा सम्पन्न खेलमा दुबै टोलिका लागि नकआउट चरणमा प्रबेशको सम्भाबना जिवित राख्न जित आवश्यक थियो । पहिलो हाफसम्म १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा क्रोएशियाले दुई गोल थप्दै स्कटल्याण्डमाथि जित सम्भब बनायो । १७ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै विश्वकप फुटबलका उपविजेता क्रोएशियालाई १–० को अग्रता दिलाउनुभयो ।

समूह 'डी' मा आज अन्तिम दुई खेल: अन्तिम १६ का लागि यस्तो छ समीकरण

यूईएफए युरो कपमा आज अन्तिम दुई खेल हुँदैछन्। दुबै खेल राति पौने १ बजे सुरु हुने छन्। स्कटल्याण्ड स्थित ह्याम्सडेन पार्कमा हुने खेलमा स्कटल्याण्ड र क्रोएसिया भिड्नेछन्। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग पराजय ब्यहोरेको थियो भने चेक रिपब्लिकसँग बराबरी खेलेको थियो। त्यस्तै इङ्ग्ल्याण्डसँग बराबरी खेलेको स्कटल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको थियो।…