यूईएफए युरो कपमा आज अन्तिम दुई खेल हुँदैछन्। दुबै खेल राति पौने १ बजे सुरु हुने छन्।
स्कटल्याण्ड स्थित ह्याम्सडेन पार्कमा हुने खेलमा स्कटल्याण्ड र क्रोएसिया भिड्नेछन्। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग पराजय ब्यहोरेको थियो भने चेक रिपब्लिकसँग बराबरी खेलेको थियो। त्यस्तै इङ्ग्ल्याण्डसँग बराबरी खेलेको स्कटल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको थियो।…