स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहका बीच आन्तरिक राजश्व विभागले नोवेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद