स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने संस्था बन्यो नोबेल

काठमाडौं : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिर्ने संस्था बनेको छ। नोवेल आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेको हो।१०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजस्व विभागले नोबेललाई सम्मान गरेको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायलाई सम्मानप