काठमाडौं : पत्थरी शरीरको भित्री भागमा ढुंगा बन्नु हो, ढुंगा ठाउँ हेरी फरक–फरक हुन्छ। पित्तथैलीको पत्थरीमा क्याल्सियम र बिलुरुबिन भन्ने रक्तकोसिका टुक्रिएर बन्ने कर्ड हुन्छ भने मिर्गौलाको पत्थरीमा क्याल्सियम र आल्मुनियम फोस्फेट कम्पोजिसन पनि पाइएको छ।चुनढुंगा जस्तो देखिने त्यो ढुंगा कुनै नरम र कुनै कडा हुन्छ। प्राय: मिर्गौला र पित्तथैलीमा देखिने पत्थरी शरीरको अन्य अङ्गमा पनि हुनसक्छ। पेटका विभिन्न भाग आन्द्रा, मूत्रनली, मूत्रथैलीसँगै पाराथाइराइड भन्ने ग्रन्थीमा पनि पत्थरी भएको भेटिन्छ