लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो । यस्तो छ तालिका

सम्बन्धित सामग्री

नेपाल टेलिभिजन : तीन वर्षपछि खुलेको लिखित परीक्षा स्थगित

काठमाडौं : नेपाल टेलिभिजनको आन्तरिक प्रतिस्पर्धा खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ।लोक सेवा आयोगले लिखित परीक्षा सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म परीक्षा नगराउन भनी अल्पकालिन अन्तरिम आदेश दिएपछि रोकेको जनाएको छ। नेपाल टेलिभिजनको पाँचौ तह वरिष्ठ समाचार सहायक लगायत विभिन्न पदका लागि २०७६ सालमै विज्ञापन खुलेको थियो। तर,समयमा परीक्षा हुन सकेन।उक्त विज्ञापनको परीक्षा तीन वर्षपछि यही साउन ३० गतेदेखि १४ गतेसम्म सञ्चालन गर्नेगरि टेलिभिजनको परीक्षा तालिका सार्वजनि

लोकसेवाले स्थगित गर्यो सबै तहको लिखित परीक्षा

काठमाडौं : लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।

संक्रमण बढेपछि लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं : लोक सेवा आयोगको सबैखाले लिखित परीक्षा स्थगित भएको छ।  कोरोना संक्रमण बढेपछि आयोगले अहिले लिइरहेको सबै प्रकारको लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गर्ने निर्णय भएकाे आयोगले जनाएको छ।‘आयोगको आज बसेको बैठकले माघ मसान्तसम्म  अहिले भइरहेकाे र बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ,’आयोगका एक कर्मचारीले भने।त्यस्तै,कोरोना संक्रमणदर तीव्र रूपमा बढेपछि त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा आज स्थगित गरेको छ। पछिल्लो साता देशभरमा गरी करिब दैनिक १० ह

लोक सेवा आयोगका लिखित परीक्षा स्थगित [सूचनासहित]

लोक सेवा आयोगले पूर्व निर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले सूचना प्रकाशित गर्दै आयोगका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा स्थगित गरिएका जनाएका छन् । लिखित परीक्षा बाहेकका पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने निर्णय समेत आयोगले गरेको छ ।

नायब सुब्बाको लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो । उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो । आयोगले अर्को सूचना […]

प्रदेश लोक सेवा आयोगद्वारा कर्मचारी भर्ना प्रक्रिया सुरु

प्रदेश १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि अवश्यक कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गरेको छ ।प्रदेश १ को ६४ स्थानीय तहका लागि ८१ प्राविधिक कर्मचारीको भर्ना प्रकृया शुरु गरिएको हो ।प्रदेश अन्तर्गतका स्थानीय सेवाका लागि केही पहिले आयोगले विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरेको थियो ।  जसको दरखास्त गएको वैशाख १९ गतेभित्र तोकिएको थियो ।प्रदेश लोक सेवा आयोगका  अध्यक्ष उत्तम भट्टराईले पहिलो पटक प्रदेश लोक सेवा

लोक सेवा आयोग : इन्जिनियरको लिखित परीक्षा नतिजा प्रकाशित( नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

सर्वोच्चको आदेशपछि वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द

काठमाडौँ । लोक सेवा आयोगले सर्वोच्चको आदेशपछि राष्ट्रिय वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द गरेको छ । आयोगको असार २१ गतेको निर्णय अनुसार बैङ्कको २०७५/१२/२२ को विज्ञापनमा लिइएका आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द भएका हुन् । कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मङ्सिर १७ मा सर्वोच्चले […]

न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला […]