समाजवादी दार्शनिक चिन्तनमा बीपी

सामान्य अर्थमा ‘समाजवाद’ भनेको सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपले समानतामा आधारित समाजको सैद्धान्तिक आधारशीला हो । समाजमा अनेक वर्ग छन् र ती वर्ग छुट्याउने प्रमुख आधार भनेको आर्थिक अवस्था हो । आर्थिक रूपमा धनी र गरिब वर्गको स्पष्ट भिन्नता जुनसुकै समाजमा पनि देखिन्छ । धनी र गरिब वर्गको पनि वर्गीकरण गर्न सकिन्छ । आर्थिक स्थितिले समाजलाई विभाजन गर्दछ । धनी र गरिब हुनुका अनेक कारण हुन्छन् । धनी हुने एउटा प्रमुख कारण श्रमको शोषण हुनु हो । श्रमिक वर्ग जुनसुकै समाजमा पनि हुन्छ । आर्थिक असमानताको असर समाजका हरेक क्षेत्र र वर्गमा पर्दछ । यसकै कारण समाजमा शोषक र शोषित वर्गको पनि निर्माण हुन्छ । यी सबैखाले आर्थिक, सामाजिक असमानताका खाडल पुर्दै समानतामा आधारित समाजको निर्माणहेतु इतिहासदेखिकै अनेक समाजशास्त्री, राजनीतिज्ञ, राजनीतिशास्त्री एवं बौद्धिक, दार्शनिक, चिन्तकद्वारा तय भएका विचार, दृष्टिकोण, चिन्तन आदि नै समाजवादी दर्शनका रूपमा रहेका छन् । समाजवादी दार्शनिकहरूमध्ये कार्ल माक्र्सलाई सर्वाधिक प्रभावशाली दार्शनिक भनिन्छ । उनले आर्थिक रूपमा वर्गीय विभेदपूर्ण समाजको वैज्ञानिक अध्ययन विश्लेषण गरी विश्वमा आर्थिक सामाजिक अध्ययनका लागि एक नौलो दृष्टिकोण प्रदान गरे, जसलाई माक्र्सवाद भनिन्छ । नेपाली राजनीतिका शिखरपुरुष बीपी कोइराला माक्र्सवादका गम्भीर अध्येता र विश्लेषक हुनुहुन्थ्यो । उहाँ माक्र्सवादबाट प्रभावित पनि हुनुहुन्थ्यो ।

सम्बन्धित सामग्री

अन्यौलतर्फ अग्रसर राजनीति : लोकतन्त्रको लगाम कस्ने कि ?

जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ ।  लोभ र आशक्तिभन्दा माथि उठेको जीवन चरित्र हुन्छ । अक्सर यस्ता मान्छे सन्त वा दार्शनिक हुन्छन् । तर यस्तो उन्नत चेतना भएका कतिपय मान्छे राजनीतिमा पनि हुन्छन् । तिनैमध्ये कोही मण्डेला बन्छन्, कोही गान्धी र कोही बीपी । पिता पुर्खा, आफ्नो जातीय समुदाय वा आफैंले अरुबाट भोगेको प्रताडना वा उपेक्षाको पृष्ठभूमिमा पनि कतिपय पात्रहरू पैदा हुन्छन् र ती...

राजनीति र साहित्यको सम्बन्ध

संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि नै साहित्य हुन् । साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । मनको भूमिका प्रधान हुने हुँदा साहित्य र साहित्यकार अलिक स्वच्छन्द प्रकृतिका हुन्छन् । राजनीति, समाज, धर्मजस्ता अनेकौँ सीमा, बन्धन र बारहरू साहित्यकारलाई मन पर्दैन । यस्ता सीमा र बन्धनको अतिक्रमण गर्नसमेत उनीहरू बेर लगाउँदैनन् । त्यसैले पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए । प्रसिद्ध चिन्तक बीपी कोइरालाले भनेका थिए– ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उनले बताएको अराजकताको अर्थ कुनै अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भनेको हो ।