माघे संक्रान्तिका लागि तयार हुँदै चाकु, तस्विरहरू

काठमाडौं : टोखा चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा यतिबेला  टोखाका व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारो छ।काठमाडौं उपत्यकाको पुरानो नेवार बस्ती भएको शहरमध्ये एक टोखा बजारमा अहिले बजार प्रवेश गर्ने मुख्य द्वार पुग्नु अघिनै चाकुको मगमग बास्ना आउँछ।टोखामा मात्र करिब ५ लाख केजी चाकु उत्पादन हुन्छ। जुन माघे सङ्क्रान्तिमा नेपाल भर माग हुने चाकुको ७० प्रतिशत भन्दा बढी हिस्सा हो।काठमाडौं उपत्यकामा हरिसिद्वी, भक्तपुर, पाटन, कीर्तिपुर लगायतका क्षेत्रमा प

सम्बन्धित सामग्री

खुदोबाट आर्थिक समृद्धिको प्रयास

गण्डकी । पुस १५ होस् वा माघे संक्रान्ति पोखरा र आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ । मालेपाटन ढोडबेसी क्षेत्रमा दुई सय वर्षदेखि उखुखेती र खुदो उत्पादन गर्ने चलन रहेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए । ‘खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्,’ उनले भने, ‘दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौं ।’ सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपास क्षेत्रमा खुदोको कारोबार हुने गर्छ । स्थानीय चलनअनुसार पुस १५ मा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे संक्रान्तिमा खुदो चिउरा खाने चलनले पनि सो अवधिमा यसको खोजी हुने गर्छ । कोलमा पेलेर निकालेको उखुको रस पकाएपछि खुदो बन्छ । परापूर्वकालमा काठे कोलमा पेल्ने उखु एक दशक अघिसम्म गोरुले घुमाउने फलामको कोलमा पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलमा पेल्ने गरेको पौडेलले जानकारी दिए । कास्की र आसपासका धेरै स्थानमा उखुखेती लोप हुन लागेको बेला यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै संगठित बनेका स्थानीयले २०६७ सालमा मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । सहकारीबाट खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन लगायतमा लगानी हुँदै आएको छ । मालेपाटन र ढोडबेसी क्षेत्रमा विगतमा ७० लाखदेखि १ करोड रुपैयाँसम्मको खुदो किनबेच हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । मालेपाटन ढोडबेसी क्षेत्रमा करीब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । कोलमा पेलेर निकालेको उखुको रसलाई घण्टौं पकाएपछि खुदो तयार हुन्छ । दाइँमा जस्तै गोरुले घुमाउने कोललाई २०५७ सालदेखि नयाँ प्रविधि प्रयोग गरी मेशिनले घुमाउन थालिएको छ । पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए । पहिचान जोगाउन ब्रान्डिङ मालेपाटन ढोडबेसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्रान्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा गत वर्ष नै बजारमा लगिएको थियो । यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए । यस वर्ष प्याकेजिङ गरिएकोमध्ये पाँच सय बोतल विक्री भइसकेको जानकारी दिँदै उनले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेसीको भन्दै ठाउँ–ठाउँमा विक्री हुने गरेको पाइएको बताए । गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर ३ सय ५० रुपैयाँ तोकिएको छ । १० लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर ३ सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् । महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनमा महानगरपालिकाले सहयोग गरेको बताए । महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिए । विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ । यस वर्ष वर्षातको समयमा उखु ढलेपछि चिन्तित बनेका किसानलाई कृषि ज्ञान केन्द्रले औषधि छर्ने स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो । रासस

माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर)

काठमाडौं । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो […] The post माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन

माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले बिमोचन गरे । १८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ । ‘शिर उठाइ डुली हिड्दा,धर्ती माथि घुमी हिड्दा’भन्ने शब्दबाट सुरु भएको पालामका अधिकांश सेरहरु प्रेमिल भावमा बगेका छन् ।‘पृथ्वी माथि घुमी

माघे संक्रान्तिका लागि तयार हुँदैछ चाकु (फोटो फिचर)

२६ पुस, काठमाडौं । नेपालका धेरै समुदायले मनाउने चाड माघे संक्रान्ति आउन अब चार दिन बाँकी छ । माघे संक्रान्तिमा धेरै बिक्री हुने परिकारमध्येको एक हो चाकु । उखुको रसबाट बन्ने सख्खर पकाएर विभिन्न मर मसला मिसाएर तयार पारिने चाकुको स्वाद धेरै नेपालीको जिब्रोमा बसेको हुन सक्छ । गुलियो चाकु तयार पार्न यसका उत्पादकहरुलाई भ्याइ […]

ओलीको निर्देशन : चुनावको माहौल बनाउनुहोस्

१ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग […]