काठमाडौं, ८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने भएका छन् । जबराविरुद्ध चौतर्फी घेराबन्दी भएपनि उनले त्यसको सामना गर्ने भएका छन् । जबरानिकट स्रोतका अनुसार न्यायपालिकाको गरिमा राख्दै अगाडि बढ्ने निर्णयमा पुगेका छन् । फूलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशहरुलाई पनि उनले सहमतिमा ल्याएर अदालती कामकारबाही सुचारु गर्ने तयारी गरेका छन् । […]