‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् । राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १