दशकको अथक प्रयासपछि शिरमा 'मिस युनिभर्स नेपाल'को ताज : यस्तो छ मेरिल्यान्डमा जन्मेकी सुजिताको संघर्षको कथा

'मिस युनिभर्स नेपाल २०२१' को फिनालेमा विजेता घोषित हुनुअघि। दुई जना प्रतिस्पर्धी थिए बाँकी। एक निनाकान्त मण्डल, अर्को सुजिता बस्नेत। दुबै परिचित प्रतिस्पर्धी। किनकि दुबै जना गत वर्ष नै यो ताजका लागि आमनेसामने भएका थिए। जसले सुजिताको धड्कन तेज बनाइरहेको थियो - कतै निनाकान्तले पहिरिने त हैन? परिणाम जेसुकै होस्…