टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो, एथलेटिक्स सुरु

काठमाडौं, १५ साउन । टोकियो ओलम्पिकको सातौं दिन आज २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ । आज आर्चरी, ब्याडमिन्टन, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, स्विमिङ, टेबल टेनिस, टेनिसलगायत खेलका फाइनल प्रतिष्पर्धाहरु हुने भएका छन् । आजबाट एथलेटिक्स सुरु भएको छ । ओलम्पिकमा सर्वाधिक आकर्षण र चासोको एथलेटिक्सका प्रारम्भिक चरणका प्रतिष्पर्धा हुन लागेको हो । यसैगरी, […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकमा सहभागी खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौँ– टोकियो ओलम्पिकमा सहभागीता जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले सम्मान गरेको छ। एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो। सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]

टोकियो ओलम्पिकको १४ औं दिन २३ स्वर्णको छिनोफानो

एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ । आज महिला बिच भलिबलमा अमेरिकाले स्वर्ण जितेको छ । महिला हक्कीमा ब्रिटेनल भारतलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै काँस्य जितेको छ । टोकियो […]

टोकियो ओलम्पिकः एथलेटिक्स ४०० मिटर दौडमा गार्डिनरलाई स्वर्ण

एजेन्सी। बहामासका स्टेभन गार्डिनरले एथलेटिक्स पुरुष ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। उनले ४३.८५ सेकेन्डमा दुरी पार गरे। गार्डिनरले दुई वर्षअघि कतारमा वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। कोलम्बियाका जोस एन्थोनी जाम्ब्रानोले रजत र ग्रानाडाका किरानी जेम्सले कास्य जिते। अमेरिकाका माइकल चेरी र माइकल नोरमन चौथो र पाँचौँ स्थानमा रहे। १९०४ पछि अमेरिकाले पदक नजितेको यो दोस्रो पटक हो।

टोकियो ओलम्पिकमा १२औं दिन के के भयो

एजेन्सी, २० साउन । टोकियो ओलम्पिकको १२औं दिन १७ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, कुस्ती, भारत्तोलन, बक्सिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णको छिनोफानो भएको हो । पुरुष २०० मिटर दौडमा क्यानडाका डि ग्रासेले स्वर्ण जितेका छन् । महिला ८०० मिटर दौडमा केन्याकी कोरिलले स्वर्ण जितिन् । ४०० मिटर बाधा दौडमा अमेरिकाका सिड्नी मेगलिनले विश्व […]

टोकियो ओलम्पिकः चीन र अमेरिकाबीच कडा प्रतिष्पर्धा

एजेन्सी, १७ साउन । टोकियो ओलम्पिकमा आज २५ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज एथलेटिक्स, स्विमिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा भइरेहेको छ । सर्वाधिक स्वर्णका लागि चीन र अमेरिकाबीच कडा प्रतिष्पर्धा चलिरहेको छ । चीनले २२ स्वर्ण जित्दा अमेरिकाले १९ स्वर्ण जितेको छ । अमेरिकाले स्विमिङमा बढी स्वर्ण जितेको छ । चीनले भारत्तोलन, […]

टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै

काठमाण्डाै - टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।  १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी  छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् । टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये चार जनाले खेलिसकेका छन् । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् भने पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि प...

एथलेटिक्स प्रशिक्षक मल्ललाई कोरोना, सन्तोष श्रेष्ठलाई मौका

काठमाडौ‌ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ । जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । एथलेटिक्स खेलाडी सरस्वती चौधरीकी प्रशिक्षक मल्ललाई कोरोना भएसँगै उनी जापान जान नसक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटी एनओसीले मल्ललाई कोराना देखिएसँगै उनलाई लैजान […]

टोकियो ओलम्पिकमा गोपिचन्द्र पार्कीको सट्टा सरस्वती

काठमाडौं। जापानमा हुने टोकियो ओलम्पिकमा नेपालको एथलेटिक्सतर्फ म्याराथन धावक गोपिचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीले सहभागिता जनाउने भएकी छन्। नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघले संयुक्त विज्ञप्ती निकाल्दै गोपिचन्द्रको स्थानमा सरस्वती सहभागी हुने जनाएको हो। विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुट्टाएका कारण सरस्वतीलाई पठाइएको ओलम्पिक कमिटिले जनाएको छ।

टोकियो ओलम्पिक : नेपाललाई म्याराथनको कोटा काटेर महिला सय मिटर

काठमाडाैं : ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र एथलेटिक्स संघले समयमै पहल नगर्दा नेपालको म्याराथन कोटा काटिएको छ।नेपाली धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकको सहभागिताका लागि निरन्तर अभ्यास गर्दै आए पनि अन्तिम समयमा सहभागिता नहुने भएसँगै उनी निरास भएका छन्।यद्दपि राष्ट्रिय खेलकुद परिषद, एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले म्याराथन कोटा काटिएका कारण पार्कीलाई सहभागी गराउन नसकिने भन्दै त्रिपक्षीय रुपमा संयुक्त विज्ञप्ति जारी गरेका छन्।साथै नेपाललाई महिला १०० मिटरमा छुट्याइएको को