आरोपित नेता सरकारी पाहुना

काठमाडौं । के पहुँचवाला र अरु सामान्य नागरिकका लागि फरक फरक कानून हुन्छ ? त्यसो भए एउटै प्रकृतिका घटनाका दोषीमाथि गरिने प्रहरी व्यवहार किन फरक फरक हुन्छ ? अहिले यो प्रश्न हरेकका मनमा उठेको छ । अपराध प्रमाणित भएका नेता सलामीका भागदार र अरु दोषीकै अवस्थामा हतकडीका पाहुना कसरी बनाइन्छ ? नेपाली नागरिकलाई भुटानी शरणार्थी […]

सम्बन्धित सामग्री

आजीवन सरकारी पाहुना !

फर्जी कागज बनाई राज्य र अन्य धेरै सङ्गठित संस्थालाई गुमराहमा राखी ‘माननीय’ र ‘राष्ट्रिय समाज सेवी’ भनी हिँड्ने जगदीश वैद्यले आफूलाई आजीवन सरकारका सबै खालका औपचारिक कार्यक्रममा पाहुनाका रूपमा आमन्त्रण गरिने पत्र लिएको पाइएको छ । त्यस्तो पत्र गृह मन्त्रालयबाट नै २०६७ मा मन्त्रीस्तरीय निर्णय भएको भनी २०७४ मा वैद्यलाई दिइएको पाइएको छ । तर गृह मन्त्रालयले त्यसबारे अनभिज्ञता प्रकट गरेको छ । मन्त्रीस्तरीय निर्णय भनी उल्लेख गरिएको पत्रमा उल्लेख भएको मिति (२०६७ मङ्सिर २२ गते) अनुसार त्यसबेला गृहमन्त्रीमा भीमबहादुर रावल हुनुहुन्थ्यो ।

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी प...

पाकिस्तानमा विवाहका पाहुना सवार डुंगा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद । १०० जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा रहिम यार खान सहरनजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी...

केशर महलको ४३ रोपनी सरकारी जग्गामा ‘बिजनेश’ गर्न भित्रभित्रै सेटिङ

यसअघि व्यवसायी शेष घलेको व्यापारिक स्वार्थबाट बल्लतल्ल उम्किएको केशर महलमा पुनः सोही गिरोहले आँखा गाँडेको छ । घलेले काठमाडौँमा ‘सेराटन होटेल’ सञ्चालन गर्न केशर महलको ३५ रोपनी जग्गा प्रयोग गर्न खोजेका थिए । यसमा उनी सफल भएका छैनन् । तर, कर्मचारीहरुलाई प्रभावमा पारेर महलको जमिन हडप्न फेरि व्यापारिक दाउ थालिएको छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको केशर महल अहिले पुनर्निर्माणको काम भईरहेको छ । तर, पुनर्निर्माण नसकिँदै केशर महलले चर्चिएको जमिन व्यापारिक प्रयोजनमा लगाउने भित्रि चलखेल बिजपाटीले फेला पारेको छ ।यस्तो छ भित्री ‘सेटिङ’ भूकम्पले भवनमा क्षति गरेपछि त्यहाँबाट केशर पुस्तकालय सार्ने र सो क्षेत्र व्यापारीलाई दिने कसरत पहिल्यैदेखि भएको थियो । तर, स्वार्थ समूह र व्यापारिलाई दिनुपर्छ भन्ने शिक्षा मन्त्रालयका अधिकारीहरुका सामू बाधक बनिदिए पुस्तकालयको प्रमुख एवम् उप सचिव दशरथ मिश्र ।मिश्र केशर पुस्तकालयको प्रमुख रहुन्जेलसम्म स्वार्थ शिद्ध नहुने देखेपछि उनलाई नेपाल राष्ट्रिय पुस्तकालयमा सरुवा गरियो । यद्यपी, सरुवा गर्दा लामो समय केशर पुस्तकालयमा बसेको र बेला भएको भनेरै मिश्रलाई नेपाल राष्ट्रिय पुस्तकालयमा पठाईयो । ४ वर्ष बढी केशर पुस्तकालयको प्रमुख बनेका मिश्रको सरुवा हुनासाथ स्वार्थ समूह फेरि सलबलाउन थाल्यो । यसअघिःहोटल चलाउन केशर महलको ३५ रोपनी सरकारी जमिन हडप्ने दाउमा शेष घलेअहिले केशर महलले चर्चिएको जमिनलाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको ‘ड्राफ्ट’ बनिसकेको छ । महलको पुनर्निर्माण सकिएपछि यसको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले बनाएको अध्ययन प्रतिवेदनको ड्राफ्टका विषयमा महल परिसरको स्वप्न बगैँचामा बसेर कुराकानी भयो ।उक्त कुराकानी कार्यदलका तर्फतबाट शिक्षा मन्त्रालयका अधिकारीका लागि गरिएको एक किसिमको बिफ्रिङ नै भएको स्रोत बताउँछ । स्रोतका अनुसार केशर महलको दक्षिणतिरको स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाउने र यो समितिमार्फत पुननिर्माण भईरहेका भौतिक संरचनाको प्रयोग गरेर व्यापार गर्ने प्रतिवेदनको मस्यौदामा उल्लेख छ ।कति छ जमिन ?स्वप्न बगैँचा ८ रोपनी क्षेत्रफलमा छ । केशर महल भने ३४ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको छ ।केशर पुस्तकालय त्यहाँबाट हटाउँदा गलत सन्देश जाने र नागरिक तहबाट विरोध हुने भएकाले पुस्तकालयलाई सानो ठाउँमा राख्ने र करिब ४१ रोपनी जमिन व्यवसायिक प्रयोजनमा लगाउने सेटिङ देखिएको स्रोतले बताएको छ ।स्रोतले भने सेराटन होटेल सञ्चालनको अन्तिम अन्तिम चरणका रहेका शेष घले नै जसरी पनि केशर महलले चर्चिएको जग्गा फुत्काउने दाउमा लागेको दाबी गरेको छ । यदि यसो हुन नसके, घलेको होटलमा आउने देशी तथा विदेशी पाहुना घुमफिर गर्न आउन मिल्ने गरी बार, रेष्टुरेन्ट, उद्यान लगायत बनाएर सञ्चालनको जिम्मा व्यवसायीलाई दिने प्रपञ्च रचिएको बताईन्छ ।केशर शमशेरले स्थापना गरेको यो पुस्तकालयलाई २०२६ सालमा उनकी श्रीमती कृष्णचन्द्रदेवीले सरकारलाई हस्तान्तरण गरेकी थिइन् ।

कर्णालीका मन्त्री शाहीले सरकारी सुविधा नलिने

सुर्खेत । कर्णालीका नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने बताएका छन् । आफूहरु दुईदिनको मात्रै पाहुना भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिने बताएका हुन् । मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उनले आफूले सरकारी सेवासुविधा प्रयोग नगर्ने बताएका हुन् । मन्त्री […]

सिंहदरबारमै राष्ट्रिय झण्डाको यो के बिजोग !

यो तस्वीर मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मोहोडामा राखिएको राष्ट्रिय झण्डाको हो । प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूले मात्र प्रवेश पाउने मुख्यद्वारबाट सिंहदरबार छिर्नासाथ यो दृश्य देखिन्छ । विदेशी पाहुना र राजदूतहरू पनि सिंहदरबार छिर्न यही बाटो प्रयोग गर्छन् । सर्वसाधारणहरूले यही पश्चिमी मोहोडालाई खास सिंहदरबार र मुख्य सरकारी अड्डाका रूपमा चिन्छन् । स्थायी सरकार भनिने निजामती कर्मचारीका मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालय हेर्ने सचिवको कमी छैन, यो भवनभित्र । तर देशको प्रमुख प्रशासनिक भवनमा रहेको राष्ट्रिय झण्डाको दु...

अन्तको कुरै छाडौं सिंहदरबारभित्रैको दुर्दशा देख्दैन राज्य !

सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन । दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभ...

अन्तको कुरै छाडौं सिंहदरबारभित्रैको दुर्दशा देख्दैन राज्य !

सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन । दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभ...

लकडाउनपछि खुलेका रेस्टुरेन्टको कमाइः ‘बत्ती र पानीको पैसा तिर्न पनि पुग्दैन’

कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन् ।

मुख्यमन्त्रीलाई आफ्नो आवास छोडेर प्रमुखसचिव ‘पाहुना कोठा’मा

तल फिक्का रातो र माथि गाढा सेतो रंग पोतिएको भवन, प्राङ्गणमा भिआइपी चढ्ने गाडी। जिल्लाका विभिन्न सरकारी निकायका कार्यालयले घेरिएको छ, सुर्खेतस्थित प्रदेश नम्बर ६ को मुख्यमन्त्री कार्यालय। वीरेन्द्रनगरको यो भवन केही दिनअघिसम्म मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय थियो। यो क्षेत्रका १५ जिल्लाको सुरक्षा चाँजोपाँजोदेखि अन्य प्रशासनिक काम यसै भवनबाट हुन्थ्यो। अघिल्लो सातादेखि यो भवनमा प्रशासनिकसँगै…