काठमाडौँ। सिंहदरबारको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।
काठमाडौँ महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।