काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा
१२ पुस, काठमाडौं । नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब […]
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन आज नेप्से ५६.८६ अंकले बढेर १ हजार ९२४.०७ विन्दुमा बन्द भएको हो।
त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ। दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
११ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावपछि लगातार दुई दिन घटेर गत बिहीबारदेखि बढ्न सुरु भएको नेप्से आइतबार डेढ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । आइतबार बजार परिसूचक नेप्से ३२.४३ अंक (१.६८ प्रतिशत) ले बढेर १९६५.९८ अंकमा बन्द भएको […]
काठमाडौं, २८ भदौ । धेरै दिनपछि शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले बढेर ३७६ दशमलव १७ विन्दु कायम भएको हो । यसैगरी, मंगलबार २३१ कम्पनीको ९२ करोड २५ […]
लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार ‘बाउन्स ब्याक’ भएको छ ।
ओरालो लाग्दै आएको नेप्सेमा मंगलवार पनि दोहोरो अंकको वृद्धि भएको थियो । मंगलवारको लय पछ्याउँदै बुधवार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार १०४.८८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८१६.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ विन्दुले बढेर ५२८.१० मा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छै...
निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ ।
शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।
अघिल्लो दिन १३ अंकले बढेको शेयर बजारमा बुधवार उछाल आएको हो ।
१३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार ६ अर्ब १७ करोडको कारोबार भएको छ ।
कार...
भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो ।
कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।
नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस