लमजुङ – परिवारको गर्जो टार्नकै लागि मुटु गाँठो पारी घरदेश छोडी परदेशतर्फको यात्रा गर्ने धेरै छन् । रहर कम, बाध्यता ज्यादा । त्यही बाध्यता र विवशताले परदेश पुर्याउँछ, धेरै नेपाली युवालाई ।
हातमा सीप र साथमा पैसा नहुँदा देशमा केही सम्भावना नदेखेर विदेशिनेहरुको हुलमा मिसिनुभएको थियो, लमजुङ दोर्दी गाउँपालिका–३, केराबारीका केशवलाल श्रेष्ठ पनि ।
‘धन कमाउन, परिवारको मुहारमा खुशी ल्याउन’ उहाँ कलिलै उमेरमा खाडी पुग्नुभयो । चार वर्षसम्म उहाँले आफ्नो उर्जा, समय र श्रम खाडीको तातो बालुवामा प...