सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि लामो समय माओवादीको राजनीतिमा सक्रिय प्रभु साह माओवादी केन्द्रमा फर्किएनन् । उनी नेकपा एमालेमा सामेल भएसँगै मधेसमा माओवादी केन्द्रलाई एक प्रकारले धक्का नै लाग्यो भने एमालेलाई उनले आशा जगाउने काम गरे ।मधेसमा प्रभु साहको प्रभाव देखेरै एमालेले उनीमाथि ठुलो भरोसा गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भूमिका खेल्ने