कर्णाली राजमार्ग जुम्ला खण्ड सुचारु

पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले दिनभर लगाएर बाटो खुलाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार बाटो खुलाइएको छ । सडक अवरूद्द भएपछि प्रजिअ थापा, जिल्ला समन्वय उपप्रमुख कार्मा बुढा सहित सुरक्षा निकाय प्रमुखहरू अवरूद्द सडक खोल्न खटिएका थिए । दिनभर लगाएर ढुंगा फोरेर बाटो खुलाईएको प्रजिअ थापाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नाग्म-जुम्ला खण्ड चौडा बनाइँदै

जुम्ला– कर्णाली राजमार्गअन्तर्गतको नाग्म–जुम्ला बजार सडक चौडा गर्ने काम सुरु भएको छ । सडक डिभिजन जुम्लाद्वारा उक्त खण्डको स्तरवृद्धिसँगै राजमार्गको मापदण्डअनुसार आवश्यक ठाउँमा चौडा गर्ने काम सुरु भएको हो । नाग्म–जुम्ला खण्डको रारालिही, लिताकोट र तातोपानी जर्मीमा सडक चौडा बनाउने काम भइरहेको छ । गत असोजको अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग क्षतविक्षत भएको […]

कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।  कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...

नाग्म–जुम्ला खण्ड कालोपत्रे हुँदै

जुम्ला-कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–जुम्ला सडक खण्ड डबल लेन निर्माणसँंगै कालोपत्रे हुने भएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म नाग्म–जुम्ला सडक खण्ड चार किलोमिटर सडक डबल लेन निर्माण, नाला छोडेर सात मिटर चौडा गरी कालोपत्रे गरिने छ । दुई ठेक्कामार्फत सडक चौडा, डबल लेन निर्माणको काम भइरहेको छ ।गत कात्तिकबाट काम सुरु भएकोमा हालसम्म दुवै […]