पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड संचालनमा आएको छ । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि एकतर्फी रुपले खुलेको प्रहरीले जनाएको छ । कालिकोटको चौखोलामा गएको पहिरोले कालिकोट–जुम्ला खण्ड अवरुद्ध भएको थियो ।