कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ ।
दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।
पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।
कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।
कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...